वासिङ्टन : अमेरिकामा जारी रंगभेदविरुद्धको आन्दोलनले हिंसात्मक मोड लिएको छ। प्रहरीको दुर्व्यवहारलाई लिएर चर्को आलोचन पनि भइरहेको छ। त्यसको असर प्रदर्शन थप कडा बन्दै गयो र वासिङ्टनमा यतिखेर कर्फ्यु लगाइएको छ।
प्रदर्शनकारीलाई प्रहरीले दमन गरेको भन्दै मानिसहरु थप भड्किएका छन्।
अमेरिकाका एक प्रहरीले जर्ज फ्लोइड नाम गरेका अश्वेत नागरिकलाई नियन्त्रणमा लिँदा उनको मृत्यु भएपछि आन्दोलन भड्किएको हो। मिन्नेसोटाबाट रंगभेदविरुद्धको आन्दोलन सुरु भएर अमेरिकाका ३० भन्दा धेरै राज्यमा फैलियो।
दोषी प्रहरीलाई कारवाही प्रक्रिया अघि बढे पनि प्रदर्शन रोकिएको छैन।
हिंसा भड्किने जोखिम बढेपछि कोलम्बियाका मेयरले कर्फ्युको आदेश दिएका हुन्। आन्दोलनकारीहरु ह्वाइट हाउसको नजिकै प्रदर्शन गर्न पुगेपछि त्यहाँ कर्फ्युको आदेश भएको हो।
राति ११ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी रहने मेयर म्युरिअल ब्राउसरले वक्तव्यमार्फत् जानकारी गराएका छन्। कर्फ्यु पालन गराउन प्रहरीको पछाडि नेशनला गार्डलाई परिचालन गरिएको उनले जानकारी दिएका छन्।
तस्बिरहरु : एपी/एएफपी/सिन्ह्वा/रासस