PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै कीर्तिपुरमा प्रदर्शन: न्याय र मानवअधिकार मार्न पाइँदैन



पहिलोपोस्ट

रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै कीर्तिपुरमा प्रदर्शन: न्याय र मानवअधिकार मार्न पाइँदैन

काठमाडौं: रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै दलित महिला सञ्जाल कीर्तिपुरले प्रदर्शन गरेको छ। घटनाका दोषीलाई जोगाउन ढाकछोप गरिएको भन्दै सञ्जालले कीर्तिपुरको नयाँबजार, पांगादोबाटो लगायतका ठाउँमा प्रदर्शन गरेको हो।

सञ्जालले न्याय र मानवअधिकार मार्न पाइँदैन भन्दै र्‍याली निकालेको हो। जाजरकोटका नवराज विकसहित ५ जनाको गैरदलित समुदायकी केटीलाई भगाउन खोजेको भन्दै रुकुमको सोतीमा हत्या गरिएको थियो। ५ जनाको शव भेटिएको छ। एक जना भने अझै हराइरहेका छन्।

ठकुरी थरकी आफ्नी प्रेमिकालाई भगाउन जाँदा केटीका माइती पक्षले उनीहरुको हत्या गरेको आरोप लागेको छ। घटनाको सत्य तथ्य छानविनको माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell