PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

स्वयंसेवकलाई पीपीई सहयोग



पहिलोपोस्ट

स्वयंसेवकलाई पीपीई सहयोग

काठमाडौं: कोरोना महामारीमा राहत तथा उद्धारमा खटिएका स्वयम् सेवकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरिएको छ।

लायन्स क्लबका पूर्वगर्भनर कुमारराज सुवेदीले आइतवार स्वयम् सेवकलाई पीपीई सहयोग गरेका हुन्।

कोरोना महामारीमा खटिएका बौद्ध तिनचुलेका प्रनिलध्वज कार्की, भुवालडांडा युवा क्लबका उपाध्यक्ष अजिप लामा र ह्युल्सा महिला समूहकी अध्यक्ष सानु (सायरा) लामासहित ५ जनालाई ५ थान सुरक्षा कवच पीपीई हस्तान्तरण गरिएको सुवेदीले जानकारी दिएका छन्।

यी स्वयंसेवकहरु बौद्ध जोरपाटी लगायत काठमाडौंका विभिन्न स्थानमा खटिँदै आएका छन्।

सुवेदीले यसअगाडि पनि लकडाउनको कारण अफ्ठेरोमा परेकाहरुलाई खाद्यान्न र स्वास्थ्य संस्थालाई पीपीई, ज्वरो मापन यन्त्र थर्मल गन लगायतको सामग्री सहयोग गर्दै आइरहेका छन्। लायन्स क्लबको फुड बैंकमार्फत जारी रहेको खाद्यान्न वितरणमा पनि सक्रिय रुपमा सहभागिता जनाउदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell