PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सुदूरपश्चिमका सातौँ सङ्क्रमित व्यक्ति कोरोना सङ्क्रमण मुक्त, डिस्चार्जको तयारी



एम बम

सुदूरपश्चिमका सातौँ सङ्क्रमित व्यक्ति कोरोना सङ्क्रमण मुक्त, डिस्चार्जको तयारी

कैलालीः सुदूरपश्चिममा सातौँ कोरोना सङ्क्रमित भएका व्यक्तिले पनि कोरोनाबाट मुक्त भएका छन्। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर १० का २८ वर्षीय युवकले कोरोना  जितेका हुन। डडेलधुरा अस्पतालमा उपचाररत उनको दुई पटकको कोरोना परीक्षण नेगेटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उनलाई डडेलधुरा अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिरहेको छ। दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको डडेलधुरा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले जानकारी दिए।

‘लिखित जानकारी आइसकेको छैन। तर मौखिक रूपमा हिजो राती नै रिपोर्ट नेगेटिभ आइसक्यो भनेर धनगढीबाट जानकारी प्राप्त भएको हो।’ उनले भने।

उनलाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको डाक्टर विष्टले जानकारी दिए। उनको दोस्रो र तेस्रो पटक गरिएको परीक्षणमा दुई वटै रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

सरकारी कर्मचारी समेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो। डडेलधुरा अस्पतालको आइसोलेसनमा उपचाररत युवकले १० दिनमै कोरोना जितेका हुन। यो सँगै सुदूरपश्चिममा कोरोनाको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात  पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना सङ्क्रमित फेला परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell