PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

जुम्लाका सांसद भन्छन् : हिजोको व्यवस्थापनले धान्दैन्, पार्टीका कार्यकर्तालाई जिम्मा दिऔं



पहिलोपोस्ट

जुम्लाका सांसद भन्छन् : हिजोको व्यवस्थापनले धान्दैन्, पार्टीका कार्यकर्तालाई जिम्मा दिऔं

काठमाडौं : जुम्लाका सांसद गजेन्द्र बहादुर महतले कोरोना संक्रमण बढ्दै गएकाले व्यवस्थापनको जिम्मा राजनीतिक दलका कार्यकर्तालाई दिनुपर्ने बताएका छन्।

सोमवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले हिजोको व्यस्थापनले नधान्ने भन्दै जिम्मेवारी कार्यकर्तालाई दिनुपर्ने बताएका हुन्।

'जुम्लामा संक्रमण बढ्दै गएको छ। अनुभव हेर्दा हिजोको व्यवस्थापनले अब धान्दैन। राहतले पनि धान्दैन। हिजोको सुरक्षाकर्मीले पनि धान्दैन। व्यवस्थापनको जिम्मा राजनीतक पार्टीका कार्यकर्तालाई दिनुपर्छ। उहाँहरुलाई सहभागी गराउनुपर्छ,' उनले भने।

उनले जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव नरहेको बताए। जुम्लामा कोरना संक्रमितको संख्या २२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell