PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

अरमानियाका प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ, सिंगो परिवारमा नै संक्रमण



पहिलोपोस्ट

अरमानियाका प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ, सिंगो परिवारमा नै संक्रमण

यरभान : अरमानियाका प्रधानमन्त्री निकोल पासिन्यानमा नोभल कोरोना भाइरस पोजेटिभ देखिएको छ। उनले फेसबुक लाइभ भिडियोबाट यसको जानकारी गराएका हुन्।

'ममा कोरोनाका कुनै लक्षण देखिएको थिए, अग्रपङ्तिमा खटिने तयारी भएकाले परीक्षण गर्ने निर्णय गरेको थिएँ,' उनले लाइभमा भनेका थिए। उनका अनुसार प्रधानमन्त्री पासिन्यानको सिंगो परिवारमा नै संक्रमण देखिएको छ।

३० लाख जनसंख्यामात्र भएको रुसबाट टुक्रिएर बनेको भुपरिवेष्टित मुलुकमा अहिलेसम्म ९ हजार ४ सय २ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ १ सय ३९ जनाको यसै कारण ज्यान गइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell