PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

सुदूरपश्चिममा थप १८ जनामा कोरोना सङ्क्रमण : प्रदेशभर सङ्क्रमित पुगे ४३



एम बम

सुदूरपश्चिममा थप १८ जनामा कोरोना सङ्क्रमण : प्रदेशभर सङ्क्रमित पुगे ४३

काठमाडौं : सुदूरपश्चिममा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। अब प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार नयाँ सङ्क्रमितमध्ये कैलालीका १४ जना रहेका छन्। उनीहरू मध्ये ११ जना पुरुष र तीन जना महिला छन्।

त्यस्तै, अछाम, बैतडी, डोटी र कञ्चनपुरका थप एक/एक पुरुषमा कोरोना पुष्टि भएको छ। डोटीमा पहिलो पटक संक्रमण देखिएको हो।

यससँगै प्रदेशभित्र सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ। प्रदेश बाहिर थप दुई जनाको उपचार भइरहेको छ भने एक जना डिस्चार्ज भइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell