PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एन्फा अध्यक्षविरुद्ध चार जिल्ला फुटबल संघ अध्यक्षको प्रधानमन्त्री कार्यालयमा उजुरी



पहिलोपोस्ट

एन्फा अध्यक्षविरुद्ध चार जिल्ला फुटबल संघ अध्यक्षको प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा विरुद्ध चार वटा जिल्ला फुटबल संघका अध्यक्षले प्रधानमन्त्री तथा  मन्त्रीपरिषदको कार्यालयमा उजुरी दिएका छन्। कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फा विरुद्द सुरुबाटै अनियमिता लगायतका आरोप लगाउँदै आएका काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका अध्यक्षले शेर्पामाथि कारवाहीको माग गर्दै  उजुरी दिएका हुन्।

'केही समययता अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले स्वेच्छाचारी ढंगले ब्यक्ति आग्रह पूर्वाग्रह राखि फुटबलको हितविरुद्दको कार्य गर्दै आएका छन्,' उजुरीमा लेखिएको छ, 'निजले गरेका गलत कार्यहरु समयमा नै नरोकिए फुटबल खेलको अवस्था झनै दयनिय हुनेसमेत जानकारी गराउँछौं'

त्यस्तै मधेसमा राष्ट्रियता भावना कम भएको भन्ने आशयको अभिव्यक्ति शेर्पाले मिडियामार्फत दिएको भन्दै मधेशीलाई होच्याएको भन्दै कारवाहीको माग समेत गरेका छन्। यो विषयले केही दिन अघि संसदमा समेत प्रवेश पाएको थियो।

त्यस्तै सोही ब्यहोराको उजुरी युवा तथा खेलकुद मन्त्रालयमा समेत दिएका छान्।

काठमाडौं फुटबल संघका अध्यक्ष विराजजंग शाहीले एन्फा विधान विपरित गएकाले त्यसविरुद्ध उजुरी गरेको प्रतिकृया दिए। उनले ललितपुर फुटबल संघका अध्यक्षलाई निलम्बन देखि जातिय क्षेत्रिय कुरा गरेकाले एन्फा अध्यक्ष विरुद्ध उजुरी दिएको बताए।

उजुरी दिनेमा भक्तपुर फुटबल संघका अध्यक्ष गौतम सुखजु, ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, काठमाडौं फुटबल संघका अध्यक्ष विराट जंग शाही र धादिङ फुटबल संघका अध्यक्ष दिपक खतिवडा रहेका छन्।

यसबाट पनि सुनुवाइ नभएको खण्ड अगाडिको प्रकृयाको बारेमा सोच्ने काठमाडौं एन्फाका अध्यक्ष शाहीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell