PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

रुकुम घटनाबारे माइतीघरमा लाग्यो नारा: हामी न्याय चाहन्छौं, निष्पक्ष छानविन गर

रुकुम घटनाबारे माइतीघरमा लाग्यो नारा: हामी न्याय चाहन्छौं, निष्पक्ष छानविन गर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: रुकुमको सोतीमा भएको हिंसात्मक घटनाको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

नेपाल दलित संघ काठमाडौंको अगुवाईमा सोमवार प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले घटनाको निष्पक्ष छानविन गर्न, संसदीय छानविन समिति बनाउन भन्दै नाराबाजी गरेका थिए। न्यायमा ढिलाई नगर्न उनीहरुले सम्बन्धित पक्षलाई सचेत गराएका थिए।

जाजरकोटका नवराज विकसहित ५ जनाको गैरदलित समुदायकी केटीलाई भगाउन खोजेको भन्दै रुकुमको सोतीमा हत्या गरिएको थियो। ५ जनाको शव भेटिएको छ। एक जना अझै हराइरहेका छन्।

ठकुरी थरकी आफ्नी प्रेमिकालाई भगाउन जाँदा केटीका माइती पक्षले उनीहरुको हत्या गरेको आरोप लागेको छ।

घटनाको सत्यतथ्य छानविनको माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell