PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

आज प्रदेश नम्बर २ मा थपिए ८२ नयाँ संक्रमित



पहिलोपोस्ट

आज प्रदेश नम्बर २ मा थपिए ८२ नयाँ संक्रमित

काठमाडौं : प्रदेश २ मा थप ८२ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये सप्तरीको राजगढ गाउँपालिकामा १२ जना रहेका छन्। सिराहाको सिराह नगरपालिकाका ५ जनामा पुष्टि भएको छ। धनुषामा पनि ६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै महोत्तरीमा २ जनामा संक्रमण पुष्टि भएको छ।

सर्लाहीको कविलासी नगरपालिकामा ९ वर्षीय बालिका र २६ वर्षीय महिलासहित ३६ जना र हरिपुरका २ जनामा संक्रमण पुष्टि भएको छ।

रौतहट जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell