PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भारतको राजधानी नयाँ दिल्ली सिल, बाहिरबाट आउन प्रतिबन्ध



पहिलोपोस्ट

भारतको राजधानी नयाँ दिल्ली सिल, बाहिरबाट आउन प्रतिबन्ध

भारतको राजधानी नयाँ दिल्ली एक हप्ताका लागि सिल गरिएको छ।

अरविन्द केजरीवाल नेतृत्वको राज्य सरकारले सोमवार दिल्लीका सीमा सिल गर्ने निर्णय गरेको हो। उत्तर प्रदेश र हरियाणाले आफ्नो राज्य सिल गरेका बेला देशको राजधानीलाई दिल्ली सरकारले सीमा सिल गरेको हो।

मुख्यमन्त्री केजरीवालले कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा दिल्लीका अस्पताल अन्य राज्यका विरामीले भरिभराउ हुने अवस्था आउन नदिन तत्काललाई सीमाहरु एक हप्ताका लागि बन्द गर्नुपरेको बताएका छन्।

अब दिल्लीबाट मानिसहरु हरियाणा र उत्तर प्रदेश जान पाउने छैनन्। हरियाणा र उत्तर प्रदेशबाट आउन पनि पाउने छैनन्।

मुख्यमन्त्री केजरीवालले दिल्लीका नागरिकसँग एक हप्तापछि सीमा सिल कायम राख्ने कि खोल्ने भन्ने सुझाव समेत माग गरेका छन्।

उनका अनुसार दिल्लीदेखि नोएडा, गाजियाबाद, गुड़गाउँ र फरिदाबादसम्मको सीमा सील गरिएको छ। अत्यावश्यक सेवालाई भने छुट दिइनेछ। महत्वपूर्ण काम परेकाले पासमार्फत प्रवेश पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell