PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एकै दिन थपिए २ सय २६ जना नयाँ संक्रमित



पहिलोपोस्ट

एकै दिन थपिए २ सय २६ जना नयाँ संक्रमित

काठमाडौं : आज एकै दिन कोरोनाका २ सय २६ जना नयाँ संक्रमित थपिएका छन्। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ। 

अहिलेसम्म नेपालमा ७१ हजार ९ सय ३ जनाको पीसीआरु परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ सय २१ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

त्यसैगरी अहिले १५ सय ६९ जना आइसोलेसनमा छन् भने १ लाख १३ हजार ७ सय ५७ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell