PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

ट्रम्प लुक्न पुगे बंकरमा, रंगभेदविरुद्धको आन्दोलनले घेरेको थियो ह्वाइट हाउस



पहिलोपोस्ट

ट्रम्प लुक्न पुगे बंकरमा, रंगभेदविरुद्धको आन्दोलनले घेरेको थियो ह्वाइट हाउस
Getty Images

एक अमेरिकी प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा अश्वेत नागरिक जर्ज फ्लोइडको मृत्यु भयो। लगत्तै मिन्नेसोटाबाट पीडितको पक्षमा प्रदर्शनी सुरु भयो। प्रदर्शनी देशव्यापी बन्यो। हाल रंगभेदविरुद्धको आन्दोलन अमेरिकाका ३० भन्दा बढी राज्यमा फैलिएको छ।

त्यसैबीच आन्दोलनकारीहरु आइतबार राती वासिङ्टनस्थित ह्वाइट हाउस अगाडि पुगे। त्यहाँ पुग्दा आन्दोलन चर्कियो। केही हिंसात्मक बन्यो। जसका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प लुक्नु परेको सिएनएनले जनाएको छ। बाहिर प्रदर्शनकारीहरुले नारा लगाइ रहेका थिए। ढुङ्गामुढा भइरहेको थियो। त्यस्तोमा ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प साथै उनीहरुका छोरा ब्यारेनलाई बंकरमा पुर्‍याइएको हो। त्यहाँ उनीहरुले १ घण्टा कुरेका थिए।

ट्रम्प परिवारको सुरक्षाका लागि उनीहरुलाई बंकरमा पुर्‍याएको जनाइएको छ। सो अवधिभर ह्वाइट हाउस बाहिरका बत्तीहरु समेत निभाइएका थिए। सुरक्षा अधिकारीहरुले कुनै चुनौती नदेखेपछि मात्र उनीहरुलाई बाहिर निकालियो।

ट्रम्पले केही दिनयता आन्दोलनकारीहरुलाई कटाक्ष गर्ने किसिमका ट्वीट लेख्दै आएका थिए। जसको विरोध भएको छ। हाल सामाजिक सञ्जालमा ट्रम्प परिवार बंकरमा पस्नुलाई भाग्नुको संज्ञा दिँदै चर्चा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell