PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

गाउँ गएका दुई सांसदलाई प्रदेश सभा प्रवेशमा रोक, पीसीआर परीक्षण गरेर मात्रै बैठकमा सहभागी हुन निर्देशन



पी बी खड्का

गाउँ गएका दुई सांसदलाई प्रदेश सभा प्रवेशमा रोक, पीसीआर परीक्षण गरेर मात्रै बैठकमा सहभागी हुन निर्देशन

सुर्खेत : कर्णाली प्रदेश सभाको बैठक चलिरहेको छ। नीति तथा कार्यक्रम प्रस्तुत भएर अहिले त्यसमा छलफल भइरहेको छ। यद्यपि, दैलेखबाट प्रतिनिधित्व गर्ने सत्ता पक्षकै सांसद शुशील थपा र अमर थापालाई संसद बैठकमा छिर्न दिइएन। संसद बैठक चलेकै बेला आफूहरुलाई निर्वाचन क्षेत्र गएर आएको भन्दै संसद बैठकमा छिर्न नदिइएको सांसद शुशील थापाको भनाइ छ।

‘सभामुखज्युले फोन गरेर तपाई एक हप्ताका लागि निलम्बन हुनुभा'छ। संसद नआउँनुस् तुरुन्त सुर्खेत आएर क्वारेन्टाइनमा बस्नुस् भन्नु भयो’, उनले भने, ‘सभामुखले पूर्वाग्रही ढंगले हामीलाई जान दिनु भएन। यसअघि, रुकुम पश्चिम तथा अन्यत्र गएका माननियहरुलाई संसद बैठकमा सहभागी गराइयो।’

एक हप्ताको निलम्बन गर्नभन्दा आरडीटी गरेर महत्वपूर्ण छलफलमा जान दिनुपर्ने उनको भनाइ छ। अहिले भारतबाट आएका नागरिकको पीसीआर नगरेर अव्यवस्थित गाउँमा पठाइने र ठूलाबडाको मात्रै पीसीआर गरेर नहुने भन्दै जतिसक्दो छिटो भित्रिएका नागरिकको पीसीआर परीक्षण गरिनुपर्ने उनले बताए ।

‘निलम्बन नै गर्नुभन्दा आरडीटी गरे हुन्छ नि’, सांसद शुशीलले थापाले भने, ‘भारतबाट आएका नागरिक अव्यवस्थित रुपमा गाउँमा पठाउने अनि हाम्रो मात्रै पीसीआर गरेर हुन्छ? यदी मलाई क्वारेन्टाइनमा राख्ने हो भने म १४, १५ दिन पनि बस्न तयार छु।’

उनल थपे, ‘सुर्खेतमा पनि संक्रमितको संख्या बढेको छ। भारतबाट आउने पनि उत्तिकै छन्। सुर्खेतस्थित हामी हिँडिरहेको वरीपरी क्वारेन्टाइन छन्। यहाँ (सुर्खेत) किन सांसदहरुलाई बाहिर हिँड्न दिइएको छ? संसद भवनभित्रै राखौँ न त। यहाँ बाहिर हिँड्ने चाही सुरक्षित हुने हामी जनताको काममा त्यो पनि सरकारले तोकेको मापदण्ड पूरा गर्दा पनि हामी असुरक्षित हुने?’

यता, सभामुख राजबहादुर शाहीले भने सांसदलाई निलम्बन नगरिएको भन्दै संसद सचिवालयले बनाएको नियम उल्लंघन गरेर गाउँ गएकोले पीसीआर परीक्षण गरेर मात्रै संसद बैठकमा आउन भनिएको उल्लेख गरे।

‘संसद बैठक गर्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार त्यही तयारी गरिएको हो’, सभामुख शाहीले भने, ‘संसद बैठकको अवधिमा जो कोही सम्बन्धित हुनुहुन्छ उहाँहरुले अवलम्बन गर्नुपर्ने सबैलाई आचारसंहिता दिएका छौँ। त्यो आचारसंहिता सबैले पालना गर्नुपर्ने हुन्छ। त्यो उल्लंघन गर्ने जो सुकै कारबाहीमा पर्नहुन्छ ।’

संसद बैठक चलेकै बेला आम नागरिकसँगको सम्पर्कमा गएर आउने सबैको पीसीआर परीक्षण गरेर मात्रै संसद बैठक आउनु पर्ने सभामुख शाहीको भनाइ छ।

संसद बैठक चल्नुअघि संसद भवनमै सबै सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो। उक्त पीसीआर परीक्षणमा यी दुई सांसदले पनि परीक्षण गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell