PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सलमान खानको निरन्तर सहयोग : रङ्गकर्मीलाई खाना



पहिलोपोस्ट

सलमान खानको निरन्तर सहयोग : रङ्गकर्मीलाई खाना

बलिउड अभिनेताले रङ्गमञ्चका कलाकारलाई सहयोग पुर्‍याउन सुरु गरेका छन्। यसअघि दैनिक ज्यालादारी मजदूरी गर्नेदेखि फिल्म क्षेत्रका प्राविधिकहरुलाई आर्थिक सहयोग एवं रासनको व्यवस्था गरिदिएका थिए। सहयोगकै क्रममा लकडाउन प्रभावित रङ्गकर्मीहरुलाई खाना पुर्‍याउन थालेका हुन्।

आइतबार उनले मुम्बईका थिएटरहरुमा ट्रकमार्फत् खाना पठाएका हुन्। परेलस्थित दामोदर नाट्यग्रुह र दादरस्थित श्री शिवाजी मन्दिर नाट्यग्रुहका कलाकार एवं प्राविधिकहरुलाई खाना पुर्‍याए। योजना अन्तर्गत् अब हरेक दिन दुई वटा ट्रक फरक फरक थिएटरहरुमा सहयोग लिएर जानेछन्। बलिउड हंगामामा खबर छ

शनिवार मात्र उनले आफू ब्रान्ड एम्बासडर रहेको स्यानिटाइजर प्रहरीहरुका लागि उपलब्ध गराएका थिए।

उनी हाल आफ्नो पान्भेल फार्महाउसमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell