PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोरोना संक्रमित ११ महिने बालक जो दिल्लीबाट गौरीफन्टा हुँदै आएका थिए नेपाल



पहिलोपोस्ट

कोरोना संक्रमित ११ महिने बालक जो दिल्लीबाट गौरीफन्टा हुँदै आएका थिए नेपाल

काठमाडौं : कञ्चनपुरका ११ महिने बालक जेठ १४ गते ११ जनाको परिवारसँग गौरीफन्टा नाकाबाट प्रवेश गरेको खुलेको छ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का बालक आमाबुबा, अंकल आन्टी तथा ठूलोबुबा र ठूलीआमा तथा अन्य ४ बच्चासहित दिल्लीबाट आएको वडाध्यक्ष दिलबहादुर बुढाले जानकारी दिए।

‘बच्चाको आमाबुबा दिल्लीको गुडगाउँ बस्दै आएका थिए। ठूलोबुबा र अंकलको दम्पती महाराष्ट्रबाट बच्चासहित आएका थिए। दिल्लीबाट उनीहरु सँगै आएका रहेछन्,’ वडाध्यक्ष बुढाले भने।

गौरीफन्टा नाकाबाट जेठ १४ गते प्रवेश गरेका उनीहरु वडा नम्बर ११ स्थित सरस्वती माविको अमरपुरको क्वारेन्टाइनमा बसिरहेका थिए।

जेठ १७ गते क्वारेन्टाइनमा बसेका ३५ जनाको कृष्ण बहुमुखी क्याम्पसमा आरडीटी टेस्ट गरियो। २ जनाको पोजेटिभ आयो। यद्यपि, उनीहरुको पीसीआर नेगेटिभ आयो।

सोही दिन १३ जनाको शंका लागेर पीसीआर परीक्षणका लागि स्वाब संकलन गरियो। सेती प्रादेशिक अस्पताल धनगढी पठाइयो। आइतवार ७ जनाको रिपोर्ट नेगेटिभ आयो। आज ६ जनाको रिपोर्ट आउँदा बालकमा भाइरस पोजेटिभ देखिएको वडाध्यक्ष बुढाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell