PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राख्ने सरकारको तयारी, क्वारेन्टाइनलाई नै आइसोलेसन बनाइने



पहिलोपोस्ट

लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राख्ने सरकारको तयारी, क्वारेन्टाइनलाई नै आइसोलेसन बनाइने

काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमितहरुको वर्गीकरण गर्ने भएको छ। कोरोना भाइरसका संक्रमित र बिरामी छुट्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले कोरोना भाइरस संक्रमण देखिएपनि लक्षण नदेखिएकालाई घरमै राख्नुपर्ने अवस्था आउन लागेको बताए।

‘लक्षण भएका बिरामीलाई अस्पतालमा र कोरोना संक्रमण भएपनि बिरामी नभएकालाई घरमै राख्ने सोँचमा पनि छौं,’ उनले भने।

क्वारेन्टाइनको गुणस्तर बढाएर आइसोलेसन बनाउने तयारीमा सरकार रहेको देवकोटाले बताए।

पछिल्लो केही दिन यता संक्रमितको संख्या बढेसँगै अस्पतालमा आइसोलेसन बेडको अभाव हुन थालेपछि सरकारले संक्रमितको वर्गीकरण गर्ने बताएको हो।

अहिलेसम्म धेरैजसो संक्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। सोमवारसम्म देशभरका क्वारेन्टाइनमा १ लाख १३ हजार ७ सय ५७ जना छन्।

१ हजार ५ सय ६९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ भने त्यसमध्ये २ सय २१ जना निको भई घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell