PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

४० जना संक्रमित थपिँदा कपिलवस्तुमा संक्रमितको संख्या तीन सय पार



पहिलोपोस्ट

४० जना संक्रमित थपिँदा कपिलवस्तुमा संक्रमितको संख्या तीन सय पार

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो कपिलवस्तु। यस जिल्लामा पछिल्लो तथ्यांक अनुसार ३१० जनामा संक्रमण पुष्टि भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कपिलवस्तुमा ४० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लोपटक संक्रमित भएकामध्ये शिवराज नगरपालिकाका २६ जना छन्। शिवराज-३ का १९ देखि ३० वर्षसम्मका का ४ जना पुरुष, वडा नं ४ का १७ देखि ५८ वर्षसम्मका ११ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। शिवराज नगरपालिकाकै वडा नं ६ का एक जना, १० का १ जना र ११ का ९ जनामा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै, बुद्धभूमि नगरपालिका-८ का १९ देखि ३८ वर्ष सम्मका ८ जना पुरुष र वडा नं १० का २७ र ४६ वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

यसैबीच, महाराजगन्ज १ का १९ वर्षका १ जना र वडा नं २ का २६ वर्षका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै, वाणगंगा नगरपालिका ११ का दुई जना महिलामा पनि संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell