PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो २३३



पी बी खड्का

कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो २३३

सुर्खेत : कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नयाँ संक्रमितमध्ये सुर्खेतका १६, सल्यानका ९ जना, दैलेखका ९ र अछामका एक गरी ३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जनाएका छन्।

सुर्खेतमा एक चार वर्षीय बालक र एक आठ वर्षीया बालिकामा पनि संक्रमण देखिएको छ। 

भारतबाट आएका नागरिकको स्वाब संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको हो। यसअघि कर्णालीमा एक सय ९८ जना संक्रमित रहेकोमा अब दुई सय ३३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell