PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तिब्बत सरकारले प्रदेश नम्बर १ सरकारलाई दियो स्वास्थ्य सामग्री



अनन्तराज न्यौपाने

तिब्बत सरकारले प्रदेश नम्बर १ सरकारलाई दियो स्वास्थ्य सामग्री

विराटनगर : प्रदेश नम्बर १ को सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले सोमबार प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो।

मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ का कोअर्डिनेटर मुकेश उपाध्यायले ती साम्रग्री हस्तान्तरण गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएकोे जनाएको छ।

प्राप्त स्वास्थ्य सामग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन्। त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भायल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिई ५ हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आईआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेशिन १ थान र ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर छन्।


मुख्यमन्त्री राईले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा उपलब्ध सामग्री प्रभावकारी रूपमा प्रयोग गरिने बताए।

उनले भने, ‘हामी प्रदेशका धेरैभन्दा धेरै नागरिकको कोरोना परीक्षणमा छौँ, प्राप्त भएका सामग्रीले थप सहयोग पुगेको छ।’ प्रदेश १ मा करिब ८ हजारको पिसिआर परीक्षण भएको छ। प्रदेशमा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड—१९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell