PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पेस्तोलसहित ‘डिके’ भनिने अजिजुल राइन प्रहरीको नियन्त्रणमा



राधेश्याम पटेल

पेस्तोलसहित ‘डिके’ भनिने अजिजुल राइन प्रहरीको नियन्त्रणमा

जनकपुरधाम : धनुषा प्रहरीले अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको लोहरपटि-८ भ्रमपुरा बस्ने २० वर्षीय ‘डिके’ भनिने अजिजुल राइन रहेको बताइएको छ।

पूर्वसूचनाको आधारमा प्रदेश २ प्रहरीको सहयोगमा धनुषा प्रहरीले आइतवार दिउँसो उनलाई जनकपुरधाम उपमहानगरपालिका-१७ स्थित रामलोचन पासवानको आँपको बगैँचाबाट पक्राउ गरेको हो। उनलाई शंकास्पद अवस्थामा फेला पारी उनी सवार मोटरसाइकल र हेल्मेट जाँच गर्दा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ।

बगैँचाको उत्तरतर्फ रोकि राखेको ज ४ प ३९३३ नम्बरको मोटरसाइकलको सिटमुनी लुकाएको अत्याधुनिक पेस्तोल, ३ थान म्यागजिन, ५ राउन्ड गोली र एक थान चक्कु बरामद गरी थप अनुसन्धान भइरहेको प्रदेश २ का डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell