PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रदेश ५ का सात जिल्लामा थपिए ६९ संक्रमित, कुल संख्या पुग्यो ६४२



विधुर ढकाल

प्रदेश ५ का सात जिल्लामा थपिए ६९ संक्रमित, कुल संख्या पुग्यो ६४२

काठमाडौं : प्रदेश नम्बर ५ मा सोमवार थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा ६४२ जना मा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य संयोजक डा उमाशंकर चौधरीले जानकारी दिए।

सोमवार मात्र ७ जिल्लामा संक्रमण पुष्टि भएका छन्। संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी कपिलवस्तुका छन्। कपिलवस्तुमा सोमवार ४७ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कपिलवस्तुमा ३१७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बाँकेमा सात जनामा संक्रमण पुष्टि हुँदा यहाँ संक्रमितको संख्या १९६ पुगेको छ।

 

रुपन्देहीमा २ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ संक्रमितको संख्या ५२ पुगेको छ।

दाङमा सोमवार ९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यहाँ संक्रमितको संख्या ४५ पुगेको छ। त्यस्तै, गुल्मीमा थप एक जनामा संक्रमण पुष्टि भएको छ। यहाँ संक्रमितको संख्या ५ पुगेको छ।

नवलपरासी पश्चिममा थप एक जनामा संक्रमण पुष्टि हुँदा संक्रमितको संख्या ६ पुगेको छ। पाल्पामा सोमवार पनि संक्रमण पुष्टि भएको छ। हिजो ३ जनामा संक्रमण पुष्टि भएकोमा आज २ जनामा पुष्टि भइ संक्रमितको संख्या ५ पुगेको छ।

त्यस्तै, बर्दियामा १०, रुकुम पूर्वमा ३ र अर्घाखाँचीमा ३ जनामा यसअघि नै संक्रमण पुष्टि भएको थियो।

प्रदेश ५ मा तीन जनाको संक्रमणबाट मृत्यु भइसकेको छ। संक्रमित मध्ये ४९५ को उपचार भइरहेको छ भने ७५ जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै, ९६ जना संक्रमितहरु अझै क्वारेन्टाइनमा रहेका छन्। जसमध्ये ६९ जना सोमवार पुष्टि भएका संक्रमित हुन्।

उनीहरुलाई विभिन्न अस्पतालमा लैजाने तयारी भइरहेको बरिष्ठ स्वास्थ्य प्रशासक चौधरीले बताए।

संक्रमित मध्ये ३१ जनाको वुटवलस्थित धागो कारखानामा उपचार भइरहेको छ। यहाँबाट १५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

भैरहवास्थित भीम अस्पतालमा २५ जना उपचार भइरहेकोमा उनीहरु आजै डिस्चार्ज भइसकेका छन्। दाङको बेलझुण्डी अस्पतालमा ५१ जनाको उपचार भइरहेको छ। खजुरा अस्पतालमा १८ जना उपचाररत छन्।

त्यस्तै, लायन्स डेन्टल अस्पताल बाँकेमा २३ जना, पिपली आइसोलेसन केन्द्र बाँके ४१, कृषि तालिम केन्द्र ३९ जना, नेपाल रामावि राप्ती सोनाली बाँकेमा ११, डुडुवा आइसोलेसन केन्द्र १८, वैजनाथ आइसोलेसन केन्द्रमा ७, कपिलवस्तु अस्पतालबाट एक जना डिस्चार्ज भइसकेकी छन्।

गणेशपुर आयुर्वेद अस्पताल १७ जना, बनकटवा कपिलवस्तु १, मायादेवी आइसोलेसन केन्द्रमा ११, जारखी मावि महाराजगंज कपिलवस्तुमा ४७, आयिसा गल्स कलेज आइसोलेसन कृष्णनगर २७, अनिरुद्ध यसोधरा ८८ जना, सुपादेउराली रिसोर्टमा ४ जना, महिला विकास मन्च गुल्मीमा १, एन्फा एकेडेमि वुटवलमा २०, युवा वर्ष जनता रवीचित्र मावि अर्घाखाँचीमा २ जना रहेका छन्। 

त्यस्तै त्रिवि शिक्षण अस्पतालमा १ टेकु अस्पतालमा २ धुलिखेल अस्पतालमा १ धुर्कोट गुल्मीमा २ र कपिलवस्तुको कृष्णनगरको एक होटलमा ५ जना आइसोलेसनमा रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell