PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)



एम बम

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले अगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम ल्याएको छ। आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

अधिकांश पूरानै योजनालाई निरन्तरता दिँदै ल्याइएको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिएको छ। कोरोनाको महामारीपछि प्रभावित भएकाहरुलाई लक्षित गर्दै सोहीअनुसारका कार्यक्रमलाई समेत समावेश गरिएको छ। सरकारले अगामी वर्ष कोरोनाबाट प्रभावित भएकाहरुलाई लक्षित गर्दै रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ अभियान, कामका लागि खाद्यान्न सञ्चालन गर्ने प्रदेश प्रमुख पन्तले घोषणा गरिन्।

लकडाउनका कारण रोजगारी गुमेका र विदेशबाट आउनेहरुलाई कृषितर्फ आकर्षित गर्ने र कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने सरकारको नीति तथा कार्यक्रम छ।

यस्तै मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम, नमूना गाउँ आफै बनाउ कार्यक्रमलाई पनि अगामी वर्ष निरन्तरता दिईने भएको छ।

अगामी वर्ष सुविधा सम्पन्न ट्रमा सेन्टरसहित एक सय शैयाको सरुवा रोग नियन्त्रण अस्पताल पदेशमा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेशमा कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै संक्रमितको उपचारका लागि आवश्यकताका आधारमा थप शैया व्यवस्थापन गर्दै लैजाने, ९ वटै जिल्ला अस्पतालको स्तरोन्नती गर्ने र क्यान्सर अस्पताल सञ्चालन गर्ने, सेती र महाकाली अस्पतालबाट विशिष्टकृत सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै प्रदेशमा प्रदेश विश्व विद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने, मेरो विशेषता मेरै प्रदेशका लागि भन्ने नाराका साथ पिछडिएका वर्गका जेहेन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा लगायत उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराईने लगायतका कार्यक्रम प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ।

नीति तथा कार्यक्रमको पूर्णपाठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell