PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

लकडाउन खुल्ने दिन कुर्दै छन् विमानस्थलमै थन्किएका जहाज

लकडाउन खुल्ने दिन कुर्दै छन् विमानस्थलमै थन्किएका जहाज

अमित मचामसी/पहिलोपोस्ट


लकडाउनले सबैतिर प्रभाव पारेको छ। तर, यसले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्र भनेको एयरलाइन्स व्यवसाय हो। लकडाउनका कारण एयरलाइन्स व्यवसाय पूर्ण रुपमा ठप्प छ भन्दा पनि फरक नपर्ला।

कम्तीमा नेपालमा भने एयरलाइन्स कम्पनीहरुले व्यावसायिक उडान गर्न पाएका छैनन्। लकडाउनका कारण मानिसहरु देशविदेश घुम्न पाइरहेका छैनन्। त्यसकारण पनि एयरलाइन्स व्यवसाय ठप्प बनेको हो।

यस्तोमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरु थन्किएको देख्न सकिन्थ्यो। एयरलाइन्स कम्पनीहरु लकडाउन खुल्ने दिनको प्रतिक्षामा छन्।

विमानस्थल पुग्दा सरकारले विदेशबाट नागरिकको उद्धार गर्ने निर्णय गरिरहँदा ति विमानहरु सञ्चालन तयारीको भान पनि भइरहेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell