A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699699580085e3.77437824): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699699580085e3.77437824,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

ड्राईपोर्टमा ठाउँ नभएपछि ‘डि-स्टफिङ’को काम एक साताका लागि बन्द, कन्टेनर सिधै उद्योगमा लैजान आग्रह
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

ड्राईपोर्टमा ठाउँ नभएपछि ‘डि-स्टफिङ’को काम एक साताका लागि बन्द, कन्टेनर सिधै उद्योगमा लैजान आग्रह



राधेश्याम पटेल

ड्राईपोर्टमा ठाउँ नभएपछि ‘डि-स्टफिङ’को काम एक साताका लागि बन्द, कन्टेनर सिधै उद्योगमा लैजान आग्रह

वीरगंज : वीरगंज-२५ श्रीसियास्थित सुक्खा बन्दरगाहमा मालसामान राख्ने ठाउँ कम भएपछि भारत वा तेस्रो मुलुकबाट आयातित कन्टेनर सिधै आ–आफनो गन्तव्यमा लैजान आग्रह गरिएको छ।

बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनलले गत जेठ १८ गते सूचना निकाल्दै एक साताको लागि ‘डि-स्टफिङ’को काम बन्द गरेको जानकारी गराएको हो। ‘डि-स्टफिङ’ भनेको रेलबाट आउने कन्टेनर बन्दरगाह यार्डमा खोलेर सामान ट्रकमा लोडिङ गर्ने काम हो।

यसले झन भिडभाड बढाउने र असहज परिस्थिति पैदा हुने भएकोले डि-स्टफिङको काम बन्द गरी व्यवसायीलाई आफनो सामान कन्टेनरमै लैजान आग्रह गरिएको हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले जानकारी गराए।

‘बन्दरगाह यार्डमा ३ हजार ८ सय कन्टेनर होल्ड भएका छन्, करिब २ हजार ३ सय ५० कन्टेनर बोकेको २५ रेक्स रेल कोलकाता र विशाखापटनमबाट आउँदै छन्’, उनले भने, ‘चाँडै कन्टेनर उठाउने काम भएन भने भारतबाट सामान लिएर रेल आउन सक्दैन, त्यसकारण बन्दरगाह परिसरमा मालसामान ओसारपसार गर्नु भन्दा कन्टेनर नै उद्योगमा लैजान डि-स्टफिङको काम बन्द गरेको हौँ।’

उनले यार्ड खाली भएपछि पुनः डि-स्टफिङको सेवा उपलब्ध गराइने बताए। बन्दरगाहमा १ हजार ५ सय ८६ कन्टेनर क्षमता हो तर ३ हजार ८ सय कन्टनेर थुप्रिएका छन्। त्यसैगरी, बोराबन्द सामान पनि करिब १० हजार टन र फलामजन्य सामान पनि ४० हजार टन थुप्रिएको बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनलले जनाएका छन्।

यता, वीरगंजका उद्योगीहरुले यस्तो निर्णयले व्यवसायीले झनै सास्ती खेप्नु पर्ने बताएका छन्। वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले गाडी र चालक नपाइरहेको अवस्थामा समान उठाउन समस्या भइरहेको बताए। उनले सामान ढिलो उठाउँदा सिपिङलाइन कम्पनीहरुले पनि महँगो शुल्क लिने बताए तापनि स्थानीय स्तरमा लकडाउनको समस्याले मालसामान ढुवानीमा समस्या भएको बताए।

त्यसैगरी, वीरगंजका अर्का उद्योगी गणेश लाठले सरकारले लकडाउनको स्वरुपमा परिवर्तन नगरे समस्या झनै बल्झिदै जाने बताए।

भारतलगायत विश्वका अन्य देशमा कोरोना महामारीका बीच उद्योग कलकारखाना व्यवसाय शुरु भइरहेको छ। जबसम्म उद्योग चल्दैन, सबै कुरा सहज हुँदैन तबसम्म गाडी र चालक जोहो गर्ने काम सरकारको भएको उनको भनाइ छ। सरकारले आफनो काम जिम्मेवारीपूर्ण हिसाबले गरे समस्या नबढ्ने उनले बताए।

‘लकडाउन गर्ने तर कोरोना बाहेकका समस्यालाई निरुपण कसरी गर्ने बारेमा सरकार मौन छ, यसरी कोरोनाले मारोस् वा नमारोस भोकमरी र गरिबीले सबैलाई मार्छ,’ उनले भने ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell