PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

झापाका अधिकांश संक्रमित भारतबाट आएका, पछिल्लो पटक थपिएका पनि मुम्बइबाट आएका थिए



पहिलोपोस्ट

झापाका अधिकांश संक्रमित भारतबाट आएका, पछिल्लो पटक थपिएका पनि मुम्बइबाट आएका थिए

काठमाडौं : सोमवार झापामा थपिएका दुई जना कोरोना सङ्क्रमित भारतबाट आएको खुलेको छ।

सोमवार स्वास्थ्य मन्त्रालयले झापा बाह्रदशी गाउँपालिकाका दुई जनामा कोरोना पोजेटिभ देखिएको जानकारी गराएको थियो। उनीहरूलाई गाउँपालिकाले बनाएको क्वारेनटाइनमा राखिएको छ।

'दुवै जना दिल्ली र मुम्बईबाट आएका थिए। गाउँमा आए लगत्तै हामीले क्वारेनटाइनमा राखेका थियौँ,' गाउँपालिका अध्यक्ष खड्ग प्रसाद राजवंशीले भने।

अहिले गाउँपालिकामा १७ जना क्वारेनटाइनमा रहेका छन्। उनीहरूको स्वाब सङ्कलन गरेर परीक्षणको लागि पठाइएको छ। जसमा १२ जनाको रिजल्ट आइसकेको हो। यसअघि बाह्रदशी गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएको थियो। यससँगै गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ पुगेको छ।

झापामा सबैभन्दा धेरै कचनकवल गाउँपालिकामा सङ्क्रमित देखिएका छन्। १ सय जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै गौरीगंज गाउँपालिकामा ४ जना, गौरादह नगरपालिकामा २ जना, दमक नगरपालिका, झापा नगरपालिका र भद्रपुर नगरपालिकामा एकएक जनामा सङ्क्रमण भेटिएको थियो।

झापामा सङ्क्रमण भेटिएका अधिकासं भारतबाट फर्किएका युवा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell