PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ट्रम्पले हात उठाएपछि विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता बिल एन्ड मिलान्दा गेट्स



पहिलोपोस्ट

ट्रम्पले हात उठाएपछि विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता बिल एन्ड मिलान्दा गेट्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सम्बन्ध टुटाएपछि विश्व स्वास्थ्य संगठनसँगका लागि सबैभन्दा ठूलो दाता बनेको छ बिल एन्ड मिलान्दा गेट्स फाउन्डेसन। पहिलो पटक संयुक्त राष्ट्रसंघीय एजेन्सीमा निजी क्षेत्रको संस्था सबैभन्दा ठूलो दाता बन्न पुगेको हो।

त्यसो त डब्लुएचओलाई सहयोग गर्ने १० मुख्य मुलुकलाई जिम्मेवार मानिएको भए पनि जम्मा ४ मुलुक र युरोपियन कमिसनबाहेक शीर्षक तहमा सहयोग गर्ने समाजसेवी संस्था वा व्यक्ति रहँदै आएका छन्।

डब्लुएचओको स्थापनादिख नै यसलाई लगातार सहयोग गर्ने सदस्य मुलुकबाट यो चल्ने व्यवस्था गरिएको छ। ती मुलुकहरुले वार्षिक रुपमा दिने बजेटबाट संगठन चल्दै आएको हो। सन् २०१९ मा डब्लुएचओको बजेट ५ अर्ब ६० करोड डलर थियो जुन अमेरिकी ठूला अस्पतालले गर्ने आम्दानीभन्दा कम हो। डब्लुएचओमा तीन चौथाई योगदान त सहयोगीबाट मिल्छ जसले क्षेत्रगत रुपमा सहायता गर्छन्। त्यसअन्तर्गत टिबी, पोलियो उन्मुलुन लगायतका क्षेत्र समेटिन्छ। त्यसैले सधैं संगठनमा बजेटको संकट पर्दै आएको छ। त्यसमाथि अमेरिकाले हात झिक्ने भएपछि संकट गहिरिने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell