PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

मिर्गौला पीडितले जब कोरोना लागेको थाहा पाए...



पहिलोपोस्ट

मिर्गौला पीडितले जब कोरोना लागेको थाहा पाए...

नयाँ दिल्ली : किड्नीको उपचार गरिरहेका एक विरामीले आफूलाई कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि दक्षिणी दिल्लीको बात्रा अस्पतालमा झुन्डिएर आत्महत्या गरेका छन्।

मे २० मा डायलासिसका लागि भर्ना भएका मीथापुरका ६३ वर्षका उनले त्यही अस्पतालमा झुन्डिएर ज्यान फालेका हुन्। उनी लामो समयदेखि किड्नीको उपचार गरिरहेका थिए।

गत सातामात्र उनमा कोभिड-१९ पुष्टि भएको थियो।

'अस्पतालको सिलिङ फ्यानमा आइतवार साँज ४ बजेतिर उनी झुन्डिएको देखियो,' प्रहरी अधिकारीले भनेका छन्। प्रहरीले सुसाइट नोट फेला पारेको छैन। कोरोना संक्रमण भएपछि अस्पतालमा आत्महत्या भएको यो दोस्रो घटना हो। यसअघि एक आर्मीका जवानले आर्मिक अस्पतालमा नै कोरोना पुष्टि भएपछि झुन्डिएर आत्महत्या गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell