PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

चितवनका व्यवसायीको एउटै स्वरः लकडाउन थेग्न गाह्रो भो, खर्च धान्न साह्रो भो



पहिलोपोस्ट

चितवनका व्यवसायीको एउटै स्वरः लकडाउन थेग्न गाह्रो भो, खर्च धान्न साह्रो भो
फोटोः सोमप्रसाद काप्री

काठमाडौं: सरकारले विकल्प सहितको लकडाउनको मोडालिटी नबनाएको भन्दै चितवनका स्थानीय व्यापारी प्रदर्शनमा उत्रिएका छन्। सोमवार दिउँसो उनीहरूले लकडाउनको कारण व्यापार व्यवसायमा असर परेको भन्दै सुरक्षित व्यापार व्यवसाय खोल्न पाउनु पर्ने माग राखेका हुन्।

उनीहरूले चितवनको शहीद चोक, बेल्चोक, लगायतका ठाउँमा पसलका सटरमा सरकारलाई लकडाउन खोल्नु पर्ने विकल्प र विभिन्न माग लेखिएका पोस्टर टाँसेर लकडाउनको  विरोध जनाएका थिए।

उनीहरूले आर्थिक विकास र रोजगारको आधार  उद्योग व्यवसाय सङ्कटमा छ सरकार, लकडाउनको पालना गर्दै सुरक्षित व्यवसाय सञ्चालन आजको माग, लकडाउनको मोडालिटी परिवर्तन गर, आर्थिक गतिविधि खुकुलो गर, जनस्वास्थ्य जनजीवन र व्यवसाय हाम्रो सरोकार, सावधानी पूर्वक सञ्चालन गरौँ पेसा कारोबार लगायत नारा लेखिएका पोस्टर टाँसेर सरकारलाई लकडाउनको विकल्प खोज्न माग गरेका थिए।

सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै लकडाउन घोषणा गरेको ७० दिन पुरा भइसकेको छ। शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले २ दिन लकडाउन थप गरेपछि सरकारको विरोध हुन थालेको छ। विकल्प सहितको लकडाउन मोडालिटि नहुँदा मजदुर, व्यापारी लगायत सर्वसाधारण मर्कामा परेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell