PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

स्वदेश फर्किन चाहनेहरुको विवरण संकलन गर्दै रियादस्थित नेपाली दूतावास



पहिलोपोस्ट

स्वदेश फर्किन चाहनेहरुको विवरण संकलन गर्दै रियादस्थित नेपाली दूतावास

काठमाडौं : नेपाली दूतावास साउदी अरबले स्वदेश फर्किन चाहने नेपालीहरुलाई आफ्नो विवरण दूतावासमा पेस गर्न अनुरोध गरेको छ। सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गरेसँगै दूतावासले विवरण संकलन गर्न सुरु गरेको हो।

दूतावासले आवश्यक कागजात सहित दूतावासको मेल  [email protected] वा ह्वाट्स एप नं. ०५०००३१७०५ आफ्नो विवरण पेश गर्न अनुरोध गरेको हो।

यसअवधिसम्म दूतावासमा बहिर्गमन भीसा लागेका, करार अवधि सकिएका, रोजगारी गुमाएका, महिलाहरु, गर्भवती, पारिवारिक/ भिजिट भिसामा आएकाहरु, अकामा नवकरण नभएका वा नबनाएका, आफन्तको मृत्यु भएका भई संस्कारका लागि फर्किनुपर्ने, कोरोना बाहेक अन्य विरामीहरु, रोजगारी सहित विदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले दूतावासमा विवरण पेस गरेका छन्।

दूतावासले प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फर्काउने भन्दै बहिर्गमन भिसा र राहदानीको प्रतिलिपि, विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधीको प्रेस्कृप्सन, जहाजमा उड्न कठिनाइ हुने बिरामीले सो समेत खुलाउनुपर्ने, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा, नेपाल जानुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा विदा आदिको कागजात पेस गर्ने छ।

दूतावासले साउदीका विभिन्न शहरहरु आभा खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत तर नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम भरेकाहरुको विवरण महाबाणिज्य दूतावास, जेद्धामा पठाएको भन्दै त्यहाँ सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका अलेखवद्द नेपालीहरुलाई स्वदेश फर्काउन साउदी अधिकारी तथा निकायसँग छलफल भइरहेकोसमेत दूतावासले जनाएको छ।

यसरी फर्किन चाहने नेपालीहरुले हवाई टिकट खर्च, कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परिक्षण, कारेन्टाइनमा बस्नुपर्ने अवधि तथा पालना गर्नपर्नेसमेत जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell