PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

लकडाउनमा जुवा खालमा प्रहरीको छापा, क्यासिनो क्वाइन सहित समातिए



पहिलोपोस्ट

लकडाउनमा जुवा खालमा प्रहरीको छापा, क्यासिनो क्वाइन सहित समातिए

काठमाडौः सरकारले घोषणा गरेको लकडाउनको समयमा जुवा खेल्ने र खेलाउने गरेर ९ जना व्यापारीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गमा टोलीले सोमबार साँझ कमलादीस्थित गनगौर होटेलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा होटेल सञ्चालक निकी जोगाई सहित व्यापारीहरू नन्द किशोर वर्मा, अशोक कुमार अग्रवाल,गोविन्दराम सनिया, पुरुषोत्तम कुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, रामचन्द्र सघाई, विमल अहुजा, विमल कुमार खेतान रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार सात सय रुपैयाँ समेत बरामद गरेको महानगरीय प्रहरी वृत्त दरवामार्गका डिएसपी रञ्जन दाहालले जानकारी दिए। त्यस्तै प्रहरीले १ सय ७९ वटा क्वाइन समेत बरामद गरेको छ। ५० देखि १ हजार लेखिएका क्यासिनो क्वाइन प्रहरीले बरामद गरेको हो।

प्रहरीले उनीहरूलाई आज अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडी बढाउने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell