PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

स्थानीय प्रशासनले तरकारी नष्ट गरेकोमा कृषि मन्त्रालयको ध्यानाकर्षण: 'कृषकहरुको मनोबल खस्कने, उत्पादन घट्ने'



पहिलोपोस्ट

स्थानीय प्रशासनले तरकारी नष्ट गरेकोमा कृषि मन्त्रालयको ध्यानाकर्षण: 'कृषकहरुको मनोबल खस्कने, उत्पादन घट्ने'

काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी केही ठाउँमा बाहिर जिल्लाबाट आएको तरकारी नष्ट गरेको भन्दै अबदेखि त्यसो नगर्न सचेत गराएको छ।

स्वास्थ्यका मापदण्डहरु पालना गरी कृषि तथा पशुपन्छी उपजहरुको ढुवानी र विक्री वितरणका कामहरु सुचारु गर्न सरकारले निर्देशन दिएको भए पनि त्यस विपरित तरकारी नष्ट भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै तरकारी नष्ट गर्दा कृषकको मनोबल खस्किने बताएको छ।

'यस्ता कार्यहरुले कृषकहरुको उपज खेर जाने मात्र नभइ कृषकहरुको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयात कै भर पर्नु पर्ने अवस्था सिर्जना गराउँछ,' विज्ञप्तिमा उल्लेख छ।

तरकारी तथा कृषि उपजहरु कहि कतै नष्ट हुन नदिन पनि मन्त्रालयले आग्रह गरेको छ।

आइतवार अर्घाखाँचीको सन्धिखर्कको आउलाखोला नजिकै तरकारी नष्ट गरिएको थियो। नष्ट गरिएको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

तरकारी सन्धिखर्क नगरपालिकामा बिक्री गर्नको लागि कपिलबस्तुको बुद्धभूमि नगरपालिकाबाट ल्याइएको थियो।

जिल्ला प्रशसान कार्यालय अर्घाखाँचीले लकडाउनको समयमा संक्रमित क्षेत्रबाट ल्याएका फलफूल तथा तरकारी जिल्लामा प्रवेश गर्न रोक लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell