PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बैतडीको क्वारेन्टाइनमा रहेकी २२ वर्षीय युवतीको मृत्य, कोरोना परीक्षण हुँदै



पहिलोपोस्ट

बैतडीको क्वारेन्टाइनमा रहेकी २२ वर्षीय युवतीको मृत्य, कोरोना परीक्षण हुँदै

काठमाडौं : बैतडीमा क्वारेन्टाइनमा रहेकी एक युवतीको मृत्यु भएको छ।

पुर्चौडी नगरपालिका ४ स्थित भटनामा रहेको क्वारेन्टाइनमा रहेकी २२ वर्षीय युवती मृत्यु भएको हो।

'मुटुको समस्या थियो। हिजो राति बित्नुभयो,' पुर्चौडी नगरपालिका उपमेयर जानकी ऐर बमले भनिन्।

उनी पाँचदिन अघि मात्र भारतबाट मुटुको उपचार गराएर फर्किएकी थिइन्। गाउँमा आएपछि उनलाई गाउँको विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न टोलीलाई क्वारेन्टाइन स्थलमा पठाइसकिएको उपमेयर बमले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell