PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बलिउड संगीतकार वाजिदको आमालाई पनि कोरोना संक्रमण, सुनाइएको छैन छोराको निधनको खबर



पहिलोपोस्ट

बलिउड संगीतकार वाजिदको आमालाई पनि कोरोना संक्रमण, सुनाइएको छैन छोराको निधनको खबर

कोरोना भाइरसको संक्रमणबाट निधन भएका ४२ वर्षीय संगीतकार वाजिद खानको आमालाई पनि संक्रमण भएको छ। आमा छोरा दुबैको उपचार एकै अस्पतालमा भइरहेको थियो।

छोराको निधनको खबर आमालाई सुनाइएको छैन। आमाको रिपोर्ट पोजेटिभ आएपछि मुम्बईको सुराणा सेठिया अस्पतालमा उपचार भइरहेको छ।

मिर्गौलाको समस्याका कारण वाजिदको उपचार यसै अस्पतालमा भइरहेको थियो।

वाजिदकी आमालाई उनीभन्दा पहिला नै कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वाजिद घाँटी र मिर्गौला समस्या देखिएपछि अस्पताल आएका थिए। उनमा पोजेटिभ देखियो र निधन पनि भयो।

वाजिदको आमाको स्वास्थ्यमा सुधार आइरहेको छ। उनलाई अस्पतालमै कुनै विरामीबाट संक्रमण सरेको आशंका गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell