PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लकडाउनमा मृत्यु भएकी आमाको शवलाई ब्युझाउन खोज्ने बालकलाई शाहरुखको सहयोग



पहिलोपोस्ट

लकडाउनमा मृत्यु भएकी आमाको शवलाई ब्युझाउन खोज्ने बालकलाई शाहरुखको सहयोग

भारतमा पछिल्लो समय एउटा दृश्य भाइरल भइरहेको छ। कोरोना भाइरसको महामारी र लकडाउनका बीच अघिल्लो हप्ता अहमदाबाद आएको श्रमिक रेलमा बच्चासहित सवार महिलाको मुजफ्फरपुरमा निधन भयो। रेल्वे स्टेशनमा राखिएको आमा (ती महिला)को शवलाई उनका दुई वर्षीय सन्ताले उठाउन खोज्दैछ, ब्युझाउन पटक पटक प्रयास गर्दैछन्। आमाको शवसँग जिस्किरहेका पनि छन्। तर ती अवोध बालकलाई थाहा छैन कि उनकी आमा अब उठ्दिनन्।

मजदुर महिलाका तिनै अवोध बालक तथा महिलाको परिवारको सहयोगका लागि अघि सरेका छन्, बलिउड अभिनेता शाहरुख खान। उनको स्वामित्वमा रहेको मीर फाउन्डेशनले सहयोगको हात अघि बढाएको हो।

फाउन्डेशनले बालकका लागि मद्दत गरिरहेको जानकारी ट्वीटरमार्फत दिएको छ। अहिले बालकको हेरचाह हजुरबुवाले गरिरहेका छन्।

शाहरुखले पनि मीर फाउन्डेशनको ट्वीटलाई रिट्वीट गर्दै लेखेका छन्, 'हामी सबै प्रार्थना गरौ कि आमा गुमाएको बालकले जीवन जिउने शक्ति प्राप्त गरोस। म बुझ्न सक्छु कि माता-पिता गुमाउँदाको भावना कस्तो हुन्छ। हामी तिम्रो साथमा छौं बाबु।'

शाहरुखले लकडाउनमा विभिन्न सहयोग गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell