PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

जुन २० बाट सुरु हुने सिरी ए को खेलतालिका सार्वजनिक



पहिलोपोस्ट

जुन २० बाट सुरु हुने सिरी ए को खेलतालिका सार्वजनिक

इटालियन फुटबल फेडेरेसनले सिरी ए पुन: सुरु गर्नका लागि तयारी तीब्र पारेको छ। यही २० जुनबाट सुरु हुने लिगका लागि खेल तालिका पनि सार्वजनिक भएको छ।

कोरोना भाइरसको संक्रमणसँगै रोकिएका युरोपका शीर्ष लिगहरु मध्ये जर्मन बुन्डेसलिगा सुरु भइसकेको छ भने इटालियन सिरी ए, इङलिस प्रिमियर लिग, स्पेनिस ला लिगालगायतका लिगहरु सुरु हुने तयारीमा छन्।

२० जुनमा टोरिनो र पारमाबीच खेल हुनेछ। लिग सुरुभएसँगै लगभग सबै दिन खेलको तालिका रहेको छ। बुन्डेसलिगामा जस्तै सिरी ए मा पनि स्वास्थ्य प्रोटोकललाई कडा बनाइएको छ।

सिरी ए मा युभेन्टस ६३ अंकसहित अंकतालिकाको शीर्षस्थानमा छ। त्यस्तै ६२ अंकसहित लाजियोले युभेन्टसलाई पछ्याइरहेको छ। तेस्रो स्थानमा ५४ अंकसहित इन्टर रहेको छ भने चौथो स्थानमा ४८ अंकसहित एटलान्टा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell