
सुर्खेत: कर्णाली प्रदेशमा थप २९ जनामा संक्रमण पुष्टि भएको छ।
नयाँ संक्रमितमध्ये सुर्खेतका १७, १७, १८, २१, २३, ३०, ३२, ५०, १४, २७ र ३३ वर्षका पुरुष छन्। सल्यानमा ३९, ३६, ४८, ३५, ३९, ३८, ४०, ४० र ५० वर्षका पुरुषमा संक्रमण देखिएको छ।
त्यस्तै, सुदूरपश्चिमको अछामका ९ जनामा पनि संक्रमण देखिएको छ। २३, २२, २४, २७, २९, ३५, ४० वर्षका पुरुष छन् भने २७ र ३० वर्षीय महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाएका छन्।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको हो। यसअघि कर्णालीमा दुई सय ३३ जना जना संक्रमित रहेकोमा अब दुई सय ६२ पुगेको छ।