PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

अछाममा एम्बुलेन्स चालकसहित थप ९ जनामा कोरोना पुष्टि



पहिलोपोस्ट

अछाममा एम्बुलेन्स चालकसहित थप ९ जनामा कोरोना पुष्टि

कैलाली : अछाम जिल्लामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सुर्खेतस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा जिल्लाका थप ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिएका छन्।

थपिएका संक्रमित ८ जना मेल्लेख गाउँपालिका र १ जना मंगलसेन नगरपालिकाका हुन्। उनीहरु सबै २२ देखि ४० वर्ष उमेर समूहका छन्। ढुंगानाका अनुसार मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुष्कोटको क्वारेन्टाइनमा बसिरहेका कुस्कोटका २२, २४, २७, २९, ३०, ३५ र ४० बर्षका पुरुष र २७ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो।

यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ४ का २३ वर्षिय युवकमा पनि कोरोना पोजेटिभ देखिएको छ। उनी एम्बुलेन्स चालक हुन्।

सुर्खेतको प्रयोगशालामा अछामबाट ३० जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाईएकोमा तिमध्ये १० जनाको रिपोर्ट पोजेटिभ देखाएको छ ।

एक जनाको भने सोमबार नै रिपोर्ट आइसकेको थियो। सोमवार पुष्टि भएका अर्का एक जनाको स्वाव परीक्षण भने धनगढीस्थित प्रयोगशाला गरिएको थियो। उनीहरु दुबैजना जिल्लाको चौरपाटी गाउँपालिका २ सोकटका हुन्।

यो संगै अछाममा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell