PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

अछामबाट बिरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना



एम बम

अछामबाट बिरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना
फाइल फोटो

कैलालीः आइतबार अछामबाट बिरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालका एम्बुलेन्स चालक मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। सुर्खेतको प्रयोगशालामा गरिएको थ्रोट स्वाबको नमुना परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको थियो।

चालक अहिले धनगढीमै छन्। स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति देवदत्त जोशीले चालकलाई कोरोना सङ्क्रमण भएको जानकारी गराउँदै अस्पतालको आइसोलेसनमा जान अनुरोध गरिएको जानकारी दिए।

अछामका सङ्क्रमितहरूको उपचार र व्यवस्थापनका लागि भने जिल्लाबाट स्वास्थ्यकर्मीको टोली खटाइएको उनको भनाई छ।

सामान्य लक्षण नदेखिएका व्यक्तिलाई अहिले क्वारेनटाइनमा बसिरहेकै ठाउँमा सुरक्षित अलग्गै राख्ने भन्ने छलफल भएको र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा टोली सम्बन्धित ठाउँमा नै पुगेपछि थाहा हुने उनको भनाई छ।

कर्णाली प्रदेशको सुर्खेतस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा अछाम जिल्लाका थप ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिएका छन्। यो संगै अछाममा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell