PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

आन्दोलनकारीलाई ट्रम्पले भने 'आतंककारी', सैनिक परिचालन गर्ने चेतावनी



पहिलोपोस्ट

आन्दोलनकारीलाई ट्रम्पले भने 'आतंककारी', सैनिक परिचालन गर्ने चेतावनी

जर्ज फ्लोइडको मृत्यु पछि अमेरिका अशान्त छ। विश्वभरबाट अमेरिकामा भएको काला जातिमाथिको विभेदविरुद्ध आवाज उठिरहेको छ। अमेरिकामा प्रदर्शन हिंसातर्फ जाँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीलाई राष्ट्रिय आतंकवादीको संज्ञा दिँदै शान्तिपूर्ण प्रदर्शनमा अतिवादीको प्रवेश भएको आक्षेप लगाएका छन्।

उनले प्रदर्शनलाई नियन्त्रणमा राख्नका लागि 'नेशनल गार्ड' परिचालन गर्ने घोषणा गरेका छन्। भिडियो सन्देश जारी गर्दै ट्रम्पले राज्यका सबै संयन्त्र परिचालन गरि प्रदर्शनलाई निष्तेज पार्ने घोषणा गरेका छन्।

उनले कानुनी राज्यविहीनताको अवस्था अन्त्य गर्ने भन्दै तत्कालै राज्यहरुलाई सडकलाई नियन्त्रणमा लिनका लागि आवश्यक मात्रामा 'नेसनल गार्ड'को परिचालन गर्न निर्देशन दिए।

राज्य तथा शहरले नियन्त्रणको आवश्यक कदम नचाले 'मैले तत्कालै संयुक्त राज्यको सैनिक परिचालन गर्दै अवस्था नियन्त्रणमा लिनेछु,' उनले भनेका छन्। उनले राजधानी वासिङटनलाई जोगाउनका लागि हजारौंको संख्यामा सैनिक परिचालन गर्ने बताएका छन्।

उनले हिजोदेखि लागू भएको भएको कर्फ्युलाई निरन्तरता दिँदै थप कडाइ गरेको घोषणा गरेका छन्।

आफैले आफूलाई 'कानुन व्यवस्थाको तिमीहरुको राष्ट्रपति' घोषणा गर्दै राष्ट्रपति ट्रम्पले सैनिक परिचालनको घोषणा गरेको सिएनएनले जनाएको छ। सिएनएनले शान्तिपूर्ण रुपमा ह्वाइट हाउसको गेटमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको छ।

ह्वाइट हाउस नजिकैको चर्चमा प्रार्थना गर्न जान लागेका राष्ट्रपति ट्रम्पको यात्रालाई सहज गराउनका लागि प्रदर्शनकारीमाथि सशस्त्र बलले बल प्रयोग गरेको हो।

उनले सोमवारको घोषणामा प्रदर्शनकारीलाई आन्तरिक आतंकवादको संज्ञा दिँदै कानुनपालकहरुले सडकलाई नियन्त्रणमा लिनेसमेत बताए।

भिडियो सन्देशनमा हेलिकोप्टरको आवाज उनीमाथि सुनिइरहेको थियो। उनी चर्च तर्फ जाने तयारी गर्दै थिए। आफूले आफूलाई शान्तिपूर्ण प्रदर्शनको समर्थक रहेको बताउँदै गर्दा उनले ह्वाइट हाउस अगाडि शान्तिपूर्ण प्रदर्शनकारीमाथि रवरका गोली अश्रुग्यास प्रहार गर्न लगाए। प्रदर्शनकारीहरुले अश्रुग्यास छल्नका लागि आखाँमा पानी हालिरहेका दृश्य देखिएको सिएनएनले जनाएको छ।

सम्बोधन पछि ट्रम्प स्टेट जोन्स इपिस्कोपाल चर्चमा गए। जहाँ शताब्दीदेखि अमेरिकी राष्ट्रपतिले प्राथना गर्दै आएका छन्। आइतवार साँझ चर्चमा प्रदर्शनकारीले आंशिक रुपमा आगजनी गरेका थिए। 'हामीसँग विश्वकै महान देश छ,' चर्च अगाडि बाइबल समातेर बोलिरहेका उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार रोवर्ट ओ ब्राइन, उनका ज्वाइँ जेरार्ड कुस्नरलगायतले साथ दिइरहेका थिए।

उनको सम्बोधनपूर्व ह्वाइट हाउस बाहिर प्रदर्शनकारीहरु जम्मा भएका थिए। वासिङटनका मेयरले चर्च वरिपरि र ह्वाइट हाउस क्षेत्रमा कर्फ्युको घोषणा गरेका थिए। ह्वाइट हाउस र पेन्सलभेनिया एभिन्यूमा ठूलो मात्रामा सैन्य गाडीहरु कुद्न थाले त्यसपछि ट्रम्पले रोज गार्डेनबाट सम्बोधन गर्दै राष्ट्रव्यापी रुपमा भइरहेको हिंशा लुटपाट रोक्नका लागि सबै स्रोत साधनको परिचालन गर्ने घोषणा गरे।

प्रदर्शनप्रति विश्वभरबाट समर्थन

सातौँ दिन पनि अमेरिकाका सडकहरु प्रदर्शनकारीको नियन्त्रणमा छ। ४० वटा शहरमा कर्फ्यु लगाइएको छ। वासिङटन डिसीसहित २३ राज्यमा नेसनल गार्ड तैनाथ गरिएका छन्। तर प्रदर्शनकारीहरुले विभेद अन्त्य गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन्। अमेरिकामा भइरहेको प्रदर्शनमा विश्वभरबाट समर्थन प्राप्त छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell