
काठमाडौः कानून, न्याय तथा मानव अधिकार समिति दलित घटनाको अनुसन्धान गर्न छुटै अनुसन्धान सेल बनाउन निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले देशभर घटेका घटनालाई अनुसन्धान गर्न सेल बनाउन गृमन्त्रालयल तथा प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको छ।
समितिका सभापति कृष्णभक्त पोखरलले दलितका घटनाको अनुसन्धानको लागि छुटै सेलको आवश्यक परेको बताए। बैठकममा सहभागी गृहमन्त्री रामबहादुर थापाले आबश्यक परे सेल गठन हुने प्रतिवद्धता जनाएका थिए। त्यस्तै रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा भएको घटनामा अनुसन्धान भइरहेको र दोषी देखिए जो कोहीलाई पनि काबारहीको दायरमा ल्याउन गृहमन्त्री रामबहादुर थापाले बताए।
बैठकमा सहभागी नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीले पनि आवश्यक परेको खण्डमा छुटै सेल गठन हुने प्रतिवद्धता जनाएका छन्। रुकुम घटनाको अनुसन्धान भइरहेको आइजी ज्ञवालीले जानकारी दिए।