PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

प्रदेश २ मा थप १२० जनामा कोरोना, संक्रमितको संख्या ८१५ पुग्यो



पहिलोपोस्ट

प्रदेश २ मा थप १२० जनामा कोरोना, संक्रमितको संख्या ८१५ पुग्यो

काठमाडौं : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा १२० जनामा संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या ८ सय १५ पुगेको छ।

संक्रमितमध्ये सप्तरीमा १ जना, सिराहामा १७, धनुषामा ४, महोत्तरीमा २, सर्लाहीमा २१, रौतहटमा ७४ जना रहेका छन्। त्यस्तै बारामा एक जनामा पनि संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १०४ जना उपचारपश्चात निको भएका छन्। अझै ५ हजार २०६ जनाको रिपोर्ट आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell