PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वीरगंजमा पसल खोल्न व्यवसायीको प्रदर्शन, ‘अब पसल नखोलिए बैंकको ब्याज र सटर भाडाले मार्छ’



राधेश्याम पटेल

वीरगंजमा पसल खोल्न व्यवसायीको प्रदर्शन, ‘अब पसल नखोलिए बैंकको ब्याज र सटर भाडाले मार्छ’

वीरगंज : वीरगंज बजारका व्यवसायीहरुले बजार खुलाउनु पर्ने माग राख्दै प्रदर्शन गरेका छन्। सोमवार साँझ उनीहरुले घण्टाघर–माईस्थान चोकसम्म सडकको दुवै छेउमा सामाजिक दुरी कायम गरी पसल खुलाउन दबाब दिँदै प्रदर्शन गरेका हुन्।

७० दिनको लकडाउनले व्यापार पूर्ण रुपमा ठप्प रहँदा आफूहरुको कारोबार प्रभावित भई ठूलो नोक्सानी बेहोर्दा पनि सरकारी पक्षबाट लकडाउनको मोडालिटीमा कुनै परिवर्तन वा कुनै नयाँ रणनीति नआएकोले आफूहरु बाध्य भएर प्रदर्शनमा उत्रेको विद्युतीय समाग्री व्यवसायी संघ पर्साका अध्यक्ष कृष्ण पटेलले जानकारी दिए।

‘सरकारले लकडाउन माथि लकडाउन थपेको छ, जनता र पसले मर्दैछन् कि बाँच्दै छन्, केही बुझेको छैन। यस्तो पाराले कारोनासँग लड्नुभन्दा पसल खोलेर निर्धक रुपमा लड्नु बेस होला’, उनले भने, ‘अर्थ व्यवस्था ध्वस्त पारेर कोरोनालाई भागाउन सकिन्छ, कोरोनालाई नियन्त्रण गर्न परीक्षणको दायरा बढाउनु पर्‍यो अस्पतालमा उपचार सेवा चुस्त र स्वास्थ्यकर्मी थप्नु पर्‍यो। जनता संयम छन्, त्यसकारण अहिलेसम्म घरभित्र थुनिएर बसेका छन्, सरकारले समस्या बुझेन भने सबै जना सरकारको निमयको धज्जी उडाउन सडकमा उत्रिन्छन्।’

उनले बैंकले ऋणको ब्याजको लागि दैनिक रुपमा व्यवसायीलाई फोन गरिरहेको बताए। सटर भाडाको चिन्ता, स्टाफको तलबको चिन्ताले पसल खोलेर बजार सञ्चालनमा ल्याउनु पर्ने बाध्यता भएको बताए। कसरी खुलाउने, कसरी वातावरण सहज बनाउने त्यो जिम्मेवारी सरकारको भएकोले गम्भीर बन्न सरोकारवाला निकायसँग उनले माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell