PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रोपाइँ अघि यसरी छ्वाली जलाएर मल बनाउँदै किसान

रोपाइँ अघि यसरी छ्वाली जलाएर मल बनाउँदै किसान

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : कोरोना भाइरसको कहरका कारण देश लकडाउनमा छ। ७१ दिनदेखि मानिसहरु घरभित्रै थुनिएका छन्। संक्रमितको संख्या बढेसँगै लकडाउन लम्बिदै गएको छ। जसकारण धेरै मानिस प्रभावित भएका छन्।

कृषि क्षेत्रलाई पनि लकडाउनले असर गरेको छ। हाल रोपाईको समयमा अधिकांश किसानहरु घरभित्रै छन्। परम्परागत खेतीबालीका लागि किसान लकडाउनबीच खेतबारीमा खटिइरहेका छन्। असार नजिकिएको छ। फाँटहरुमा धान रोप्ने चटारो शुरु भइसकेको छ।

भक्तपुरका केही क्षेत्रमा धान रोप्न सुरु भइसक्यो। कत्तै भने धान रोप्ने तयारी भइरहेको छ। भक्तपुरको व्यासी नजिकै किसानहरु धान रोप्न खेत सफा गर्दै थिए। मंगलवार किसान खेतमै सुकेका छ्वाली उखेल्दै त्यसलाई जलाउँदै व्यस्त देखिन्थे। जलेका छ्वालीले खेतलाई मलिलो बनाउने एक किसानले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell