PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

देउवा प्रधानमन्त्री हुँदा असफल भएको संविधान संशोधन विधेयक कांग्रेसले पुनः ब्यूँत्यायो, गैरसरकारी विधेयकका रुपमा संसदमा दर्ता



पहिलोपोस्ट

देउवा प्रधानमन्त्री हुँदा असफल भएको संविधान संशोधन विधेयक कांग्रेसले पुनः ब्यूँत्यायो, गैरसरकारी विधेयकका रुपमा संसदमा दर्ता

काठमाडौँः गैरसरकारी विधेयकका रुपमा नेपालको संविधान संशोधनका लागि तेस्रो विधेयक पनि दर्ता भएको छ। सरकारले अद्यावधिक नक्सा अनुसार निशान छाप परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गरेपछि धमाधम गैरसरकारी विधेयक दर्ता भएका हुन्। 

सोमबारमात्र मधेश केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संशोधन दर्ता गरेका थिए। मंगलबार नेपाली कांग्रेसका सांसद अमशेरकुमार सिंह, उमाकान्त चौधरी लगायतले संशोधन विधेयक दर्ता गरेका हुन्। 

विधेयक यसअघि नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता गरिएको विधेयककै करिब हुबहु रहेको छ। तत्कालीन एमालेले समर्थन नगरेपछि विधेयक पारित हुन सकेको थिएन। 

यसअघि मंगलबार दिउँसो तोकिएको ढाँचा नपुगेको भन्दै सचिवालयले विधेयक फिर्ता पठाएको थियो। 

विधेयक दर्ताको निर्णयका लागि कांग्रेस केन्द्रीय समितिले यसअघि संसदीय दललाई निर्देशन दिएको थियो। तर, संसदीय दलले औपचारिक रुपमा निर्णय गरिसकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell