PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

रुकुम घटना : बेपत्ता भएको १० दिनपछि गोबिन्द शाहीको पनि शव फेला, घटनामा ज्यान गुमाउने उनी छैठौँ व्यक्ति



पहिलोपोस्ट

रुकुम घटना : बेपत्ता भएको १० दिनपछि गोबिन्द शाहीको पनि शव फेला, घटनामा ज्यान गुमाउने उनी छैठौँ व्यक्ति

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ स्थित भेरी नदीमा बेपत्ता भएका छैठौँ व्यक्तिको पनि शव भेटिएको छ। भेरी नगरपालिका वडा नम्बर ११ बस्ने १८ वर्षीय गोबिन्द शाहीको शव भेटिएको हो।

मंगलवार साँझ करिब ६ वजे भेरी नगरपालिका-१३ स्थित भेरी नदीमा स्थानीय बासिन्दाहरुले शव फेला पारेका हुन्। योसँगै सो घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

यसअघि सोही स्थानका लोकेन्द्र सुनार र वडा नम्बर ४ का सन्दीप विकको शव फेला परेको थियो। त्यस्तै, भेरी नगरपालिका-४ का नवराज विक र गणेश बुढा तथा चौरजहारीका नगरपालिका-८ का टीकाराम सुनारको शव पनि फेला परिसकेको छ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यस बेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो।

भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शव भेरी नदीको बीच भागमा फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell