A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a78534171fe26.84363499): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a78534171fe26.84363499,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

मधेशको गाउँगाउँमा हुन थाल्यो ‘कोरोना माई’को पूजा, पूजापाठले भाइरस भाग्छ?
PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

मधेशको गाउँगाउँमा हुन थाल्यो ‘कोरोना माई’को पूजा, पूजापाठले भाइरस भाग्छ?



राधेश्याम पटेल

मधेशको गाउँगाउँमा हुन थाल्यो ‘कोरोना माई’को पूजा, पूजापाठले भाइरस भाग्छ?

वीरगंज : पर्साको वीरगंज ८ पानीटंकी निवासी ४५ वर्षीया सावित्री देवी सोमवार विहान सबेरै उठिन्। फटाफट तयार भइन्। जिल्ला प्रहरी कार्यालयको पूर्वपट्टि रहेको छठ घाटको पर्ती जग्गामा पुगेर लिपपोत गर्न थालिन्। विधिवित पूजापाठ पनि गरिन। यो कार्य विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको अन्त्यका लागि थियो।

आइतवार राति बाराबाट बहिनीले फोन गरेर ‘सोमवार विहान कोरोना माईको पूजा गर्ने कार्यक्रम र साइत छ, तपाईँ पनि गर्नू’ भनी आग्रह गरेपछि सावित्री विहानै पूजापाठमा लागेकी हुन्। कोरोना भाइरसलाई ‘कोरोना माई’को नाम दिएर महिलाहरु पूजापाठतिर अग्रसर भएका छन्। यसको स्रोत भने समाजिक सञ्जालमा भाइरल भिडियो रहेछ।

भारत, बिहार दरभंगा जिल्लाको एक महिलाको फेसबुकमा भाइरल भिडियो हेरेपछि नेपालमा पनि कोरोना माईको पूजा हुन थालेको हो। कोरोना माईको पुजाअर्चना गर्ने सावित्री भिडियोमा भनिएअनुसार पानीटंकीका अन्य महिलासहित आफूहरुले पूजापाठ गरेका छन्।

वीरगंज–२१ लिपनीविर्ताकी सन्तोषी देवीले पनि गाउँकै पश्चिममा पर्ने श्रीसिया खोलाका छठघाटमा गाउँका अन्य महिलासहित पूजा गरेको बताइन्।

‘छठघाटको जग्गामा केही भाग लिपपोत गरी ९–९ ठाउँमा देवी मानेर लड्डु, सुपारी, ल्वाङ, फुललगायत चढाएर पूजा गरेको छौ,’ उनले भनिन्, ‘सोमवार र शुक्रवार पूजापाठ गरेपछि कोरोना माई शान्त भइहाल्नु हुन्छ भन्ने सुनेका छौं।’

अहिले पर्साको विभिन्न ठाउँमा शुक्रवार विहान कोरोना माईको पूजापाठ गरिएको समाजिक सञ्जालमा तस्बिरहरु देख्न पाइन्छ।

तर, हिन्दू धर्मका जानकार तथा पण्डितहरुले यो एउटा अन्धविश्वास बाहेक अरु केही पनि नभएको तर्क गरेका छन्।

वीरगंजका पुरोहित एवं पण्डित मदनमोहन तिवारी भन्छन, ‘समाजिक सञ्जालमा के आउँछ, सबै सत्य कुरा हुदैँनन, पूजापाठ गर्दा पूण्य अवश्य पाइन्छ। तर, कोरोना माईको नाम कहिले सुनिएको छैन, यसरी कोरोना माईको पूजाको हल्लाको पछाडि लाग्नु ठिक होइन।’

तराईको बारा, रौतहट, भारतको बिहारमा पनि कोरोना माईको पूजापाठ भएको पाइएको छ। यसअघि पनि कोरोनाकै लकडाउन अवधिमा रोटी पकाउने चौकीमा बेलना खडा भएको पनि फोटो र भिडियोहरु भाइरल भएपछि मधेशको घरघरमा रोटी पकाउने बेलना चौकीको पूजापाठ गरी चामलको सहाराले उभ्याई पूजापाठ गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell