PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

चेकिङ कडा छ, सवारी पास भए पनि काम नभइ ननिस्किनुहोला : ट्राफिक प्रहरी



पहिलोपोस्ट

चेकिङ कडा छ, सवारी पास भए पनि काम नभइ ननिस्किनुहोला : ट्राफिक प्रहरी

काठमाडौं : काठमाडौँ उपत्यकाभित्र केही दिनयता सडकमा सवारीको चाप बढेको छ। सरकारले जारी गरेको लकडाउन खुकुलो भएको भन्दै सर्वसाधारण सडकमा निस्किने गरेका छन्। लकडाउनको मोडालिटी परिवर्तन नहुँदा केही व्यापारी विरोधमा समेत उत्रिने थालेका छन्।

सडकमा सवारीको चाप बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन थप कडा पारिएको जानकारी दिएको छ। मङ्गलवार मात्र लकडाउन उल्लङ्घन गर्ने १ हजार ५ सय ८४ वटा २ पाङ्ग्रे र २ सय २२ वटा दुई पाङ्ग्रे गरी जम्मा १ हजार ८ सय  ६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद  ढकालले बताए।

त्यस्तै आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरू तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकिङमा थप कडाइ गरेको छ। लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडि नलाग्न एसएसपी ढकालले आग्रह गरे। 'कारबाहीमा पर्ने सवारी साधनको सङ्ख्या थपिरहेको छ। हामीले लकडाउन कडा गरेका छौँ,' एसएसपी ढकालले भने ।

महाशाखाले दिनमा १ सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाइन्ट राखी सवारी साधनहरू चेक गर्ने व्यवस्था मिलाएको छ। भित्री एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ।

उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ४७ हजार ३ सय ३८ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ। त्यस्तै पास भएका सवारी साधनले पनि काम बाहेक ननिस्कन प्रहरीले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell