PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

भारतमा कोरोना संक्रमितको संख्या २ लाख पार



पहिलोपोस्ट

भारतमा कोरोना संक्रमितको संख्या २ लाख पार

एकै दिन ८ हजारभन्दा धेरै संक्रमित थपिएपछि भारतमा कोरोना संक्रमितको संख्या २ लाख पार भएको छ। संक्रमितको संख्या दुई लाख पार भएको दिन भारतमा कोरोनाका कारण २ सय १९ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोनाबाट ज्यान गुमाउनेमा ३८ प्रतिशत ६० प्रतिशतभन्दा माथिका रहेका छन्।

भारतमा पछिल्लो १५ दिनमा संक्रमितको संख्या दोब्बर भएको छ। शहरी क्षेत्रमा बढी फैलिएको संक्रमण भारतको गाउँगाउँमा विस्तार भएको छ। आन्तरिक आप्रवासी कामदार आफ्नो गाउँ फर्केसँगै भारतमा संक्रमणको विस्तार थप तीब्र गतिमा भएको हो।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ७ सय ५३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell