PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँको क्वारेन्टाइनमा महिलाको मृत्यु



एम बम

कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँको क्वारेन्टाइनमा महिलाको मृत्यु

कैलाली : डडेल्धुराको क्वारेन्टाइनमा एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ की ३० वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

डडेल्धुराका डीएसपी दधिराम न्यौपानेका अनुसार बुधवार विहान १ बजेतिर श्रीमनसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि उनको मृत्यु भएको हो।

उनका अनुसार मृतक महिला चार दिन अगाडि भारतबाट आएकी हुन्। गौरीफन्टा नाका हुँदै उनी नेपाल आएकी थिइन्। भारतबाट फर्किएर उनी श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ ले निमार्ण गरेको असिग्राम आधारभूत विद्यालय रौनाकोटको क्वारेन्टाइनमा बस्दै आएकी थिइन्।

घटनास्थलमा स्वाथ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरिएको भन्दै उनलेका मृतकको स्वाब संकलन गर्ने तयारी गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell